

-
काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताएका छन् । अध्यक्ष ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति सङ्केत गर्दै भ्यु टावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताएका हुन् ।
आज आइतवार काठमाण्डौमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले बनाएका भ्यु टावरहरू सभ्यताका, विकासका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्र हुन् । हाम्रा पर्यटनका स्थल हुन् । हाम्रो आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कुरा हुन् । तर केही मान्छे बुझ्दैनन् र भ्यु टावर बनाउन हुँदैनन् भनेर कसम खानुपर्नेछ भन्दै हिँडछन् । कतिको मन भतभत पोलेको छ धरहरा बनेकोमा । अनि के त्यहाँ भात खान पाइन्छ ? त्यहाँ गहुँ फल्छ ? अनि के त्यहाँ कपडा बुनिन्छ ? त्यो भ्यु टावर नै हो । तर त्यो राष्ट्रको पहिचान हो । राष्ट्रको गौरव हो । हाम्रो इतिहास हो । धेरै कुरा त्यसभित्र लुकेका छन् र त्यो एउटा गन्तव्य हो ।’
अध्यक्ष ओलीले पार्टीले स्थापना गरेको सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने पटक–पटक दोहोर्याए । उनले जनताको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रका लागि पार्टीका आठ लाख ५५ हजार बढी सङ्गठित सदस्यहरूले एक सय रुपैयाँका दरले सहयोग गर्दा पनि केही करोड हुने बताए ।
कार्यक्रममा ओलीले त्यो केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवम् उद्योगी मोति दुगडलाई तोकिएको पनि घोषणा गरे ।
News Desk 0 response आइतवार, चैत्र २०, २०७८

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



