

-
महोत्तरी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको खबरदारी चलिरहेको बताएका छन्। आउँदो स्थानीय तह चुनावमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए ।
बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज आइतवार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले गएको वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह चुनावले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।’ स्थानीय तह चुनावसम्म मात्र नभएर अब हुने संसदीय चुनावसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले विगतमा आफू नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको चर्चा गरे । पाँच करोड ५० लाख रुपैयाँमा ४० कोठे र चार करोड ८३ लाख रुपैयाँमा २१ कोठे गरी दुई अत्याधुनिक भवन शिक्षालयका लागि तयार भएका छन् । अध्यक्ष प्रचण्डले यिनै भवन आज एक समारोहबीच उद्घाटन गरेका हुन् ।
नेपालको वामप्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना भएर सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) को सम्बन्धनमा शिक्षालयले मधेस प्रदेशका माविलाई विभिन्न विषयको पठनपाठनको स्वीकृति दिने गरेको छ ।
बर्दिबास–११ को खयरमाराको चनौटेमा अध्यक्ष प्रचण्डले आज नै शहीद पार्क निर्माण कार्यको शिलान्यास गरे । बर्दिवास नगरपालिकाले यो पार्क निर्माणको योजना अघि बढाएको हो ।
News Desk 0 response आइतवार, चैत्र २०, २०७८

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



