

-
काठमाण्डौ : स्थानीय तहको चुनावमा तालमेल गर्नेलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्ने छ ।
बैठकमा आउँदो स्थानीय तहको चुनावका कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल केन्द्रित हुनेछ । सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनको पक्षमा छन् । नेपाली कांग्रेसले पनि अस्ति आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेपछि गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल हुन लागेको हो ।
कांग्रेसको शेखर कोइराला पक्ष तालमेलको विपक्षमा छ तर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासहित बहुमत संख्या आवश्यकताअनुसार तालमेल गर्ने पक्षमा छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बस्ने गठबन्धनको बैठकले महानगरपालिका स्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय गर्ने बताएका थिए । हिजो चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरको मेयरमा माओवादीको दाबी रहने समेत बताएका थिए ।
यस्तै, सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र १७, २०७८

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



