

-
काठमाडौं : नेपालमा विभिन्न ब्रान्डका कमदेखि उच्च रेन्जका मोबाइल फोन चलनचल्तीमा आएका छन् । यी मध्ये महंगा मोबाइल बोक्ने कर्मचारीहरुले विदेशमा बस्ने आफ्ना आफन्तबाट मगाउने बढी नै देखिन्छन् । बाहिरबाट मगाउनेमा एप्पल र सामसङ कम्पनीका पछिल्ला भर्सनहरु नै हुनेगर्छन । कतिपय उच्च तहका कर्मचारीहरुलाई भने रिझाउन त्यस्ता मोवाइल उपहार स्वरुपनै प्राप्त हुने गर्दछन् ।
खरिदार र नायव सुब्बा स्तरका कर्मचारीहरुलाई पनि स्मार्ट फोन चलाउने उम्दा इच्छा हुँदैन । सहायक स्तरका कर्मचारीहरुले महंगो मोबाइल खरिद गर्न पनि कि मालपोत जस्ता कमाउ अड्डामा हुनुप¥यो होइन भने आकाशको फल आँखातरी मर नै हुन्छ । महंगिले आकाश छोएको बेला उत्कृष्ट फिचर र पर्फमेन्सका आधारमा कुन रेन्जको स्मार्टफोन किन्ने भन्ने बिषयमा सबै कर्मचारीलाई कन्फ्युजन हुने गरेको पाइन्छ।नेपाली बजारमा अघिकांश फोन मिड रेन्ज नै सबैभन्दा बढी माग र बिक्री सवैभन्दा बढी रहेको छ ।
नेपालमा अधिकांश समय मिड रेन्जका स्मार्टफोन अभाव समेत हुने गरेको छ । नेपालमा खासगरी २० देखि ५० हजार रुपैयाँसम्म पर्ने फोनको धरै माग छ ।
मिडरेन्जका फोनलाई थाँति राखेर थोरै पैसा थपेर उत्कृष्ट फिचर र डिजाइनसहितका फोन पनि नेपाली बजारमा उपलब्ध छन् ।
व्यवसायीहरुका अनुसार ५० हजार तल मूल्य पर्ने स्मार्टफोनको माग पनि कम छैन त्यसैले आज हामी उत्कृट पर्फमेन्स र फिचर उपलब्ध ५० हजार भन्दा कम मूल्य पर्ने स्मार्टफोनको बारेमा चर्चा गर्नेछौं ।
वान प्लस सीइ २
वानप्लस न्वार्ड सीई २ ५० हजार भन्दा कम रेन्जको उत्कृष्ट फोनको रुपमा आएको छ । ओप्पो फाइन्ड एक्स५ लाइट जस्तै देखिने र उस्तै फिचर रहेको यो फोनमा ८-१२ जीबी र्याममा १२८ जीबी स्टोरेज पाउन सकिन्छ ।
एन्ड्रोइड ११ वेस यो फोन प्रोसेसर र पर्फमेन्समा अब्बल छ । ९०० डाइमेन्सिटी ९०० चिपसेट प्रोसेसरसहित नेपाली बजारमा आएको यो फोन अनलाइन गेमिङको लागि पनि उपयुक्त छ ।
यो फोनमा ९० हर्ज एमओएलइडी ६।४ डिस्प्ले, ६४ मेगापिक्सल प्रिमियर क्यामेरा, ८ एमपी अल्ट्रावाइड र २ एमपी म्याक्रो सुटर क्यामेरा दिइएको छ भने सेल्फि तर्फ १६ मेगापिक्सेल क्यामेरा दिइएको छ । डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर भएको यो फोनको मूल्य ४७ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
एमआई ११ लाइट एनई
मिड रेन्ज अन्तर्गत ५० हजार कम मूल्यका स्मार्टफोन उत्कृष्ट फोन मध्य एमआई ११ लाइट एनई फाइभ पनि हो । ६.५५ इन्च एमओएलइडी डिस्प्ले, ७७८ जी क्वालकम स्न्यापड्रागन चिपसेट प्रोसेसर यो फोनमा उपलब्ध गराइएको छ ।
६/८ जीबी र्याम र १२८र२५६ जीबी स्टोरेज क्षमता, एन्ड्रोइड ११ प्रविधिमा आधारित १२.५ एमआईयु सफ्टवेयर यो फोनको प्रमुख बिशेषता हो ।
६४ मेगापिक्सेल क्यामेरा र फ्रन्टमा २० मेगापिक्सलको क्यामेरा र साइड फिङ्गर प्रिन्ट सेन्सर सहित आएको यो फोनको नेपाली बजारमा ४५ हजार ९ सय र ४८ हजार ९ सय तोकिएको छ ।
सामसुङ ग्यालेक्सी एम ५२
एम सिरिजको यो फोन फिचर र पर्फमेन्सका आधारमा उत्कृष्ट फोनको रुपमा परिचित छ । ५ हजार एमएच ब्याट्री क्षमता दिएको छ जसले मोबाइलको पर्फमेन्स अझ बलियो बनाउँछ ।
७७८ जी क्वालकम स्न्यापड्रगन चिप सेट दिइएको यो फोनको प्रोसेसर अब्बल छ । ६ र ८ जीबी र्याम अप्सनमा १२८ जीबी इन्टरनल स्टोरेज दिएको छ ।
६४ मेगापिक्सल रियर र ३२ एमपी फ्रन्ट क्यामेरा, सुपर एमओएलइडि डिस्प्ले जस्ता फिचर रहेको यो फोनको नेपाली मूल्य ४२ हजार ९ सय र ४६ हजार ९ सय रहेको छ ।
पोको एफ ३
त्यसैगरी ५० हजार कम मूल्यको स्मार्टफोन मध्ये पोको एप ३ पनि अब्बल फोन मध्ये पर्छ । साओमि नेपालले विक्री गर्दै आएको यो फोनको नेपालमा माग उच्च छ ।
८७० स्न्यापड्रगन चिपसेटसहित नेपालमा आएको यो मोबाइलले उच्च पर्फमेन्स दिने कम्पनीको भनाई छ । ६/८ जीबी र्याम र १२८/२५६ जीबी इन्टरनल स्टोरेज यो फोनमा छ ।
६.६७ एमओएलइडी स्क्रीन, साइड फिङ्गर प्रिन्ट, ४८ मेगापिक्सर क्यामेरा, २० एमपी फ्रन्ट क्यामेरा, ४५२० एमएच ब्याट्रि सहितको यो फोनको मूलय ४६ हजार तोकिएको छ ।
रियलमी नाइन प्रो पल्स
त्यस्तै रियलमी ९ प्रो प्लस पनि ५० हजार कम मूल्यका उत्कृष्ट स्मार्टफोन मध्य पर्छ । ६.४ इन्च एमओएलइडी डिस्प्ले, ९२० फाइभजी चिपसेट, ६/८ जीबी मेमोरी, एन्ड्रइड १२ मा आधारित सफ्टवेयर लगाएत बिशेषता यो मोबाइलमा छ ।५० मेगापिक्सल रियर क्यामेरा, १६ एमपी फ्रन्ट क्यामेरा, ४५०० एमएच ब्याट्रि क्षमता सहितको रियलमी ९ प्रो प्लसको मूल्य ४१ हजार र ४५ हजार रहेको छ ।
सामसुङ ग्यालेक्सी ए ५२एस
सामसुङ ग्यालेक्सीपनि मिड रेन्जका फोन मध्य बढी माग भएको स्मार्टफोन हो ।
६.५ इन्च डिसप्ले, ६/८ जीबि र्याम सहित १२८/२५६ जीबि स्टोरेज, ६४ मेगापिक्सल रियर क्यामेरा, ३२ मेगापिक्सल फ्रन्ट क्यामेरा, फिङ्गरप्रिन्ट सेन्सर जस्ता आकर्षक बिशेषता रहेका छन ।
यो मोबाइलको नेपाली बजारमा ४९ हजार र ५१ हजार मूल्य रहेको छ ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३



