

-
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीय बासिन्दाले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका छन् । उनीहरुले वडाध्यक्ष र सदस्य चुनेका हुन् । अब आउँदो वैशाख ३० गते हुने चुनावमा उनीहरुले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने भएका छन् ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका स्थानीय बासिन्दाले गएको मंसिर ३० गते नै बैठक बसेर नयाँ जनप्रतिनिधि छनोट गरेका हुन् ।
‘लिमीका स्थानीय बासिन्दाको आफ्नै नीति–नियम छ । यो कुनै नौलो कुरा भएन यसअघि पनि यस्तो भएको थियो’ नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले बताए । उनकाअनुसार आफ्नो गाउँठाउँका लागि स्थानीय बासिन्दा आफैँले जनप्रतिनिधि चयन गर्ने गरेका छन् ।
‘यो पहिलेदेखि नै चलिआएको रीति रिवाज हो’ उनले भने । लिमीका स्थानीय बासिन्दा महत्त्वपूर्ण निर्णय लिन कात्तिक अन्तिम हप्ता र मंसिरको पहिलो हप्ता बैठक बस्छन् । त्यही अनुसार गएको मंसिर ३० गते बसेको बैठकले वडाध्यक्ष र सदस्यहरू चयन गरेको हो ।
वडा अध्यक्षमा उनीहरुले पाल्जोर तामाङलाई नै दोहोर्याएका छन् । वडा सदस्यहरू भने सबै नयाँ चयन भएका छन् । वडा अध्यक्षमा दोहोरिएका पाल्जोर तामाङ गाउँमा खाद्यान्न अभाव भएपछि सिंहदरबार गुहार्दै गएको मंसिरमा काठमाण्डौ आएका थिए ।
पाँच दिनको पैदल यात्रा अनि एक दिनको हवाई यात्रापछि वडाध्यक्ष तामाङ मंसिर ७ गते काठमाण्डौ आएका थिए । उनकै पहलमा गाउँमा चामल पुगेको थियो । आलु र उवा मात्रै उत्पादन हुने लिमी क्षेत्रमा खाद्यान्न अभाव हुने गरेको छ ।
News Desk 0 response शुक्रबार, चैत्र ४, २०७८

सम्बन्धित शीर्षकहरु
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३


