

-
काठमाण्डौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धि रक्षाका लागि आउँदो चुनावमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताएका छन् ।
उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई आज बुधवार काठमाण्डौमा सम्बोधन गर्दै उनले आउँदो चुनाव पार्टीका लागि जीवन मरणको लडाइँ भएकाले सबै तागत चुनावमा केन्द्रित गर्न आग्रह गरे ।
राष्ट्रिय स्वाधीनताको रक्षा, देश र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उनले माओवादीले देशलाई दुर्घटनाबाट बचाउन अवलम्बन गरेका नीतिलाई जनतामाझ बुझाउन व्यापक जनपरिचालन आवश्यक रहेको बताए । विपक्षीले यसअघिका चुनावका क्रममा अनेक हत्कण्डा अपनाएर नतिजा आफ्नो पक्षमा पार्दै आएको स्मरण गराउँदै उनले त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै जनताका मन जितेर माओवादीलाई विजयी गराउनुपर्ने बताए ।
जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको, प्रतिक्रान्तिको खतरा तीव्र गतिमा अगाडि आएको उल्लेख गर्दै उनले गएको वर्ष जनताको बलमा नै प्रतिगामी कदमलाई परास्त गरिएको बताए । ‘हामीले गएको वर्षको असंवैधानिकरूपमा गरिएको संसद् विघटनलाई जनताको ‘हुङ्कार’बाट पराजित गर्यौँ’, अध्यक्ष दाहालले भने, ‘आउँदो चुनावमा पनि सबै तागत लगाएर प्रतिगामी तत्त्वलाई परास्त गर्नुपर्छ ।’
आउँदो चुनावमा माओवादीलाई कमजोर बनाउने र साम्राज्यवादी देशमा जस्तै ‘टु पार्टी सिस्टम’ लागू गर्ने षड्यन्त्र भइरहेको जिकिर गर्दै उनले भने, ‘अहिले दुई वटा बुर्जुवा पार्टी मात्र बनाउने कसरत भइरहेको छ, क्रान्तिकारी विचारसहितको पार्टीलाई कमजोर पार्ने र दुई बुर्जुवा पार्टीले पालैपालो शासन गर्ने तयारी छ, आउँदै गरेका सबै चुनाव हाम्रा लागि सामान्य मात्रै होइन, यो हाम्रा लागि ‘लाइफ एन्ड डेथ’को लडाइँ भएर आएको छ ।’
गएको पुसमा सम्पन्न आठौँ महाधिवेशनको जगमा गएको फागुनमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्धरूपमा चुनावमा केन्द्रित गर्ने नीति लिइएको उल्लेख गर्दै उनले पार्टीभित्रको अन्तरविरोधलाई थाँती राखेर चुनावमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । केन्द्रीय समितिको निर्णयअनुसार नै पार्टीले दुई महिने चुनाव अभियान सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सबै नेता अब पालिका केन्द्रित हुनुपर्ने बताए ।
यसैबीच उनले शान्ति प्रक्रिया, गणतन्त्र, सङ्घीयतालगायत प्राप्त उपलब्धिको रक्षाका लागि व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्नुपरेको प्रष्टीकरण दिए ।
रासस 0 response बुधबार, चैत्र २, २०७८

सम्बन्धित शीर्षकहरु
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३


