

-
काठमाण्डौ : शुक्रवारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पुनः बस्न लागेको हो ।आजको बैठकमा पदाधिकारी चयनलगायतका साङ्गठानिक विषयमा छलफल हुने पार्टीका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सभागृहमा शुक्रवार बसेको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।
अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले एमसीसीमाथि धारणा राखेका थिए। प्रचण्डले नेता श्रेष्ठले राखेको असन्तुष्टिबारे व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने आफ्नो निर्णय बाध्यात्मक परिस्थितिको उपज भएको भन्दै बचाउ गरेका थिए ।
नेता श्रेष्ठले एमसीसीका विषयमा फरक मत राखे पनि पार्टी एकतामा जोड दिएका थिए । एमसीसी अनुमोदनपछि गएको सोमवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विरोध गर्नेहरु पार्टी छाडेर जान सक्ने सङ्केत समेत गरेका थिए । त्यसपछि नेता श्रेष्ठले आफूनिकट नेताहरुसँग छुट्टै छलफल समेत बढाएका छन् ।
माओवादीको आठौँ महाधिवेशनले २३६ जना केन्द्रीय सदस्य चयन गरे पनि पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन गर्न सकेको छैन । विधानअनुसार २९९ केन्द्रीय समिति हुने व्यवस्था छ, जसमा ६३ जना मनोनीत गर्न बाँकी छ । जारी केन्द्रीय समिति बैठकले स्थायी र पोलिटब्युरो गठन र केही केन्द्रीय सदस्य मनोनीत गर्नेछ ।
विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ । गएको पुस १९ गतेको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । तर त्यसयता माओवादीले अन्य पदाधिकारी चयन गर्न सकेको छैन ।
News Desk 0 response आइतवार, फाल्गुन २२, २०७८

सम्बन्धित शीर्षकहरु
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३


