

-
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले युक्रेनमाथि रुसले गरेको आक्रमणबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले युक्रेनमाथिको आक्रमणको घटनाले कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा हुने पाठ सिकाएको बताएका छन् । नेपालले पनि आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यो घटनाबाट पाठ सिक्नुपर्ने बताएका छन् ।
‘यस प्रकरणमा आमेरिकाले युक्रेनको छिमेकी रुसको विरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व बिसर्जनको दुःखद घटना उत्पन्न भयो’ श्रेष्ठले भनेका छन्, ‘नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यस घटनाबाट समेत शिक्षा लिन सक्नु पर्दछ ।’
एमसिसि परियोजनामा सत्तारुढ गठबन्धन नै विभक्त देखिएपछि नारायणकाजीको यस्तो धारणा आएको हो । नारायणकाजीले पहिलेदेखि नै एमसिसि परियोजनाको विरोध गर्दै आएका छन् । उनले यस अघि नै एमसिसि विशुद्ध विकासको परियोजना नभएको र अमेरिकाले चीन घेर्ने रणनिती अनुसार उक्त आयोजना नेपाल ल्याइएको बताएका थिए ।
News Desk 0 response शनिबार, फाल्गुन १४, २०७८

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३


