

-
काठमाडौँ : जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
नेपाल इनर्जी फाउण्डेशनको छैठौं साधारणसभाको अवसरमा यहाँ आयोजित विचार गोष्ठीका सहभागी वक्ताले जलवायु परिवर्तनका कारण खोलामा पानीको बहाव कम हुँदै जाने, बाढीपहिराका कारण आयोजनामा क्षति पुग्ने गरेको छ, भने लघु जलविद्युत्बाट उत्पादित ऊर्जाबाट डिजेल तथा मट्टितेलको खपत न्यून गर्न तथा जीविकोपार्जनमा सहयोग पुगेकाले यी दुई पक्षबीच अन्योन्याश्रित सम्बन्ध रहेको धारणाराखे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सुरेन्द्रलाल कर्णले नेपालको भौगोलिक र आर्थिक अवस्थाले गर्दा ठूला विद्युत् आयोजनाभन्दा साना तथा लघुजलविद्युत् आयोजना निकै उपयोगी हुने जनाउँदै यस तथ्यलाई दिगो विकास लक्ष्य र १५औँ योजनामा पनि आत्मसाथ गरी लघुजलविद्युत् आयोजनाको दिगो सञ्चालनमा जोड दिइएको बताए ।
उनले जलवायु परिवर्तनका कारण नेपालमा केही वर्षयता प्राकृतिक प्रकोप तथा अन्य वातावरणीय समस्या बढ्दै गएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले नेपालमा जलवायु परिवर्तका असर न्यूनीकरणमा भइरहेका प्रयासबारे जानकारी दिँदै केही समयअघि बेलायतको ग्यास्लोमा सम्पन्न जलवायु परिवर्तन सम्मेलनले स्वच्छ ऊर्जाको प्रवद्र्धनमा सहभागी मुलुकले प्रतिबद्धता जनाएकाले त्यसबाट नेपालले धेरै फाइदा लिन सक्नुपर्ने धारणा राखे ।
उनले लघुजलविद्युत् आयोजनालाई स्वच्छ विकास संयन्त्रमा दर्ता गरी कार्बन व्यापारबाट लाभ लिनसक्ने सम्भावना रहेको उल्लेख गरे । फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धरले जलवायु परिवर्तनका विषय, यसका कारक र न्यूनीकरणका उपायबारे विभिन्न तहमा व्यापक छलफल हुन तथा समाधानको उपाय सुझाउन सबैलाई आग्रह गरे ।
फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले ऊर्जामा गरिब जनताको पहुँच विस्तार गर्न, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नवीकरणीय ऊर्जामा जोड दिन र नेपालमा लघु जलविद्युत्को दिगो सञ्चालनका विभिन्न विकल्पहरुका बारेमा प्रकाश गारे ।
कार्यक्रममा अधिवक्ता दिलराज खनालले लघु तथा साना जलविद्युत् आयोजनाका बारेमा प्रचलित विभिन्न ऐन कानुनमा रहेका प्रावधान र अस्पष्टताका बारेमा प्रस्तुतिकरण दिएका थिए । सो अवसरमा विद्युतीय सुरक्षासम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन पनि गरिएको थियो ।
News Desk 0 response सोमवार, पुस २६, २०७८

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३



