

-
तनहुँ : डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु दश लाख राहत प्रदान गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए । उनीहरुको परिवारलाई रु दश लाखका दरले राहत वितरण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।चितुवाको आक्रमणबाट भानु नगरपालिका–३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु–४ का चार वर्षीया रञ्जिता लम्साल, भानु–२ का १० वर्षीय अमृत गुरुङ, भानु–२ की आठ वर्षीया पुष्पा अधिकारी र सोही वडाका सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।
यस्तै भानु–१ का कुशल बानियाँ, बन्दिपुर–४ का ११ वर्षीय इशाक सुनार, शुक्लागण्डकी–३ का रवीन नेपाली, आँबुखैरेनी–१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी–२ का नारन रानाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।
चितुवाको आक्रमणबाट सख्त घाइते भएकालाई जनही रु दुई लाख र सामान्य घाइतेलाई जनही रु बीस हजारका दरले उपचारखर्च उपलव्ध गराइएको पण्डितले बताए ।
भानु नगरपालिका–११ का भीमबहादुर तामाङ, भानु–१३ का चिजबहादुर कुवँर, भानु–१३ कै प्रेमबहादुर बानियाँ, भानु–२ का हेमराज सुनुवार, भानु–२ का सुलभ दाहाल, भानु– २ की सोनी अछामी, बन्दिपुर–५ का अनुप नेपाली, आँबुखैरेनी–१ की अमिसा थापा, बन्दिपुर–१ का अक्कलबहादुर चेपाङ र व्यास नगरपालिका–१२ की अढाइ वर्षीया अश्विनी परियार घाइते भएकी थिइन् । वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति हुँदा रु तीन लाख ४६ हजार राहत उपलव्ध गराइएको कार्यालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, पुस २२, २०७८


सम्बन्धित शीर्षकहरु

एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न सफल, मृतकका परिवारलाई १ करोड क्षतिपूर्ति
शुक्रबार, जेष्ठ ३१, २०८२-
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश,..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश,..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२