

-
काठमाडौँ : मणिपाल मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले उठाएको अतिरिक्त शुल्क फिर्ता गर्न भएको छ ।अनेरास्ववियु, राष्ट्रिय चिकित्सा विद्यार्थी संघ, गण्डकी च्याप्टर र मणिपालबीच शुल्क फिर्ता गर्नेबारे बुधबार ५ बुँदे सहमति भएको हो । जिल्ला प्रशासन कार्यालयको रोहबरमा भएको सहमतिमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्न मणिपालले प्रतिबद्धता जनाएको छ ।
सहमतिपत्रमा अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, राष्ट्रिय चिकित्सा विद्यार्थी संघका गण्डकी च्याप्टर उपाध्यक्ष अनित सिन्हा, मणिपालका प्रशासन प्रमुख भानु भारद्वाज र एड्मिसन डाइरेक्टर गौरव यादवले हस्ताक्षर गरेका छन् ।विद्यार्थीसँग लिइएको अतिरिक्त शुल्कलाई आगामी वर्ष तिर्नुपर्ने शुल्कमा घट्ने गरी व्यवस्थापन गर्न मणिपाल प्रशासन तयार भएको छ ।
सहमतिसँगै अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले कलेज प्रशासनमा लगाएको ताला बुधबारदेखि खोलेको छ । मंसिर २० देखि अनेरास्ववियु र चिकित्सा विद्यार्थी संघ आन्दोलनमा थिए ।एमबीबीएसका लागि काठमाडौँ उपत्यकाभित्र ४० लाख र बाहिर ४४ लाख शुल्क तोकिएको छ । एमबीबीएस र बीडीएसका विद्यार्थीसँग काठमाडौँ, विराटनगरको नोबेल र पोखराको मणिपाल मेडिकल कलेजले बढी शुल्क मागेका छन् । होस्टल अनिवार्य गरेर १८ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क मागेको विद्यार्थीको भनाइ छ ।
यसैबीच, शिक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने चेतावनी दिएको छ । पटक–पटकको निर्देशन उल्लंघन गर्दै गैरकानुनी रूपमा शुल्क असुली गरे चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार मेडिकल कलेजलाई कारबाही गरिने बताइएको छ ।
कारबाहीका लागि आयोगले अनुगमन टोली गठन गरेको विज्ञप्तिमा उल्लेख छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले अतिरिक्त शुल्कका विषयमा मन्त्रालयका सचिव, सहसचिवलगायत पदाधिकारीसँग छलफल गरेका थिए । ऐनमा अतिरिक्त शुल्क लिए र निर्देशन अवज्ञा गरे सम्बन्धन खारेजीको कारबाही गर्न सकिने व्यवस्था छ । स्थानीय प्रशासनले ‘ठगी आरोपमा’ कारबाहीसमेत गर्न सक्छन् ।
News Desk 0 response बिहिबार, पुस २२, २०७८

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



