

-
पाल्पा : तानसेन नगरपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । सत्तरी वर्षमाथि नागरिक, क र ख वर्गको सुविधा प्रयोग गर्ने अपाङ्गता भएकाका लागि आवश्यकमात्रामा सेवा थालनी गरेको हो ।
तानसेन नगर प्रमुख अशोककुमार शाहीले नगरपालिका र रेडक्रस सोसाइटीका सहयोगमा एम्बुलेन्स सञ्चालन गर्न थालिएको जानकारी दिए । नगरपालिकाको ६० र सोसाइटीको ४० प्रतिशत लगानीमा एम्बुलेन्स गरी खरिद गरी सञ्चालन गर्ने तयारी भएको नगरप्रमुख शाहीले बताए ।
यसैबीच सो नगरपालिकाले तानसेन–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयका लागि बस खरिद गर्न सहयोग गर्ने भएको छ । विद्यालयको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशतमा बस खरिद गरिने जनाइएको छ । बस सञ्चालनपछि ग्रामीण क्षेत्रका विद्यार्थी समयमा विद्यालयमा उपस्थित हुन सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताए ।
यसैबीच आव २०७८/०७९ मा जिल्लाका ७० वर्षदेखि माथिका पाँच हजार ४०० ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सुविधा प्रदान गरिने भएको छ । ज्येष्ठ नागरिकलाई १० प्रकारको औषधिसमेत सहित प्रेसर जाँच, युरिन जाँच, घाउँ तथा चोटपटकको उपचार, आवश्यकताका आधारमा स्वास्थ्य परीक्षणको सुविधा प्रदान गर्न थालिएको हो ।
लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार पाल्पाका ज्येष्ठ नागरिकका घरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गरी उपचार गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए ।
News Desk 0 response शुक्रबार, पुस १६, २०७८
ज्येष्ठ नागरिकलाई आधारभूत सेवा प्रदान गर्न प्रदेश सरकारले रु २७ लाख बजेट विनियोजन गरी कार्यक्रम अगाडि बढाएको हो । आव २०७५/०७६ देखि ८४ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरघरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनपछि स्वास्थ्य क्षेत्रमा ती नागरिकको पहुँच विस्तार भएको थियो ।
चालू आर्थिक वर्षदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकका आधारभूत स्वास्थ्य सुविधा पाउने सुविधाले उत्साह थपेको छ ।
घरमा साहारा नपाएर आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित, असाहाय, स्वास्थ्य संस्थाको पहुँचमा नपुगेका ज्येष्ठ नागरिकका लागि कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३



