

-
पैसा तिर्नुपर्नेहरुले नगदको साटो चेक दिने चलन बढ्दो छ । तर साट्न जाँदा खातामा पैसा नै नहुने । अहिलेको मुख्य समस्या हो यो । यदि कसैले खातामा पैसा नभई चेक दिएको छ र त्यो बाउन्स भयो भने कानूनी रुपमा कडा सजाय हुन्छ । उसले पीडितलाई रकम भराएर मात्रै पुग्दैन् । अदालतले जेल र त्यति नै रकम जरिवाना गराउन सक्ने व्यवस्था छ । त्यसो त खातामा पैसा नहुनेले अर्कालाई चेक थमाएर ठगी गर्नेलाई नियन्त्रण गर्ने पहिलो दायित्व बैंकको पनि हो। बैंकहरुले चार वर्षमा पैसा बिना चेक दिने ४ हजार ५ सय ३९ जनालाई कालोसूचीमा राखेका छन्।
चेक बाउन्स आर्थिक अपराध हो । यसले पैसा लिनुपर्ने र प्रहरीलाई सास्ती त दिएको छ नै, व्यक्तिबीचको लेनदेन भए पनि बैंकको खाता रित्तो राखेर करोडौंको चेक दिनेहरुले कारोवार कुन माध्यमबाट गरिरहेका छन् भन्ने खोजी गर्नुसमेत उत्तिकै आवश्यक छ ।
आर्थिक लेनदेनमा नगदको विकल्पमा सबैभन्दा विश्वासिलो र पारदर्शी भनेकै ‘चेक’को कारोबार हो । बैंकिङ माध्यमबाट हुने भएकाले चेकको हिसाबले आर्थिक सुशासनमा पनि सघाउँछ । तर बैंकको खाता रित्तो राखेर ‘चेक’ काट्ने प्रवृतिले निम्त्याएको अपराध जटिल बन्दै गएको छ । चेक बाउन्स घटनामा डेढ अर्ब रुपैंयाभन्दा बढीका मुद्दा अहिले छानबिनमा छन् ।प्रहरीले पनि चेक दिनेलाई फोन गरेर जाहेरी आएको जानकारी दिन्छ र एक सातामा सल्ट्याउन भन्छ । त्यतिगर्दा पनि भएन भने कानुनी प्रक्रिया शुरु हुन्छ। महानगरीय प्रहरी परिसरमा मात्रै चेक बाउन्सका दैनिक ४० वटासम्म उजुरी आउने गरेको छ । खातामा एक रुपैंया पनि नहुनेले पाँच करोडसम्मको चेक दिएको उजुरी प्रहरीमा पुगेको छ । काठमाडौंभित्र मात्रै साउनयता एक अर्ब ६१ करोड बराबरको चेक बाउन्सको उजुरी आएको छ ।
News Desk 0 response बुधबार, मंसिर १, २०७८

सम्बन्धित शीर्षकहरु
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



