

-
टीकापुर । सुदूरपश्चिम प्रदेश (रासस) । कैलालीको टीकापुर नगरपालिका वडा नंं १ को वडा विभाजनका लागि राजनीतिक दलबीच भएको सहमती विवादमा तानिँदै गएको छ । स्थानीय राजनीतिक दलले दुई दिन अघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन । राजनीतिक दलले तीन दिनपछि ६ वटा वडा बनाउने सहमती गरेका छन् ।
कूल ५ वडामा सहमति गरेका राजनीतिक दलले वन गाउँका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेपछि सहमती फेरेका हुन् । यता ६ वडा बनाउने सहमती गरेपछि टीकापुरका सबै पार्टीका युवाहरुले ६ वडाको विरोध गर्दै शुक्रबार नगरपालिकामा तालाबन्दी गरेका छन् । एमाले नेता श्याम खत्री सबैका आ–आफ्नै समस्या, स्वार्थ, माग र बुझाइका कारण राजनीतिक दल निर्णय बदल्न वाध्य भएका बताए ।
‘‘नगरपालिकामा कुनै पनि दलको बहुमत छैन, हामी राजनीतिक दललाई सहमती गरिदिन आग्रह गरियो’’, नेता खत्रीले भन्नुभयो, ‘‘शुरुमा ५ वडामा सहमती दियौँ, फेरि विवाद भयो । बिहीबार आफ्नै निर्णय बदलेर ६ वडा बनाउने सहमती ग¥यौँ तर विवाद सकिएको छैन ।
यहाँ सबैका स्वार्थ रहेकाले समस्या भएको छ ।’’
नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी भने वडा विभाजन जस्तो गम्भीर विषयमा आन्तरिक पार्टी र अन्तर पार्टीबीच वृहत छलफल हुनुपर्ने भए पनि छलफल विना निर्णय गर्दा द्वन्द्व सिर्जना हुने सङ्केत देखिएको बताउँछन् । ‘‘वडा नं। १ ठूलो वडा हो । विकास निर्माण, सेवा प्रवाहमा समस्या छ । वडा विभाजन आवश्यक र गम्भीर विषय हो’’, अधिकारीले भने, ‘‘वृहत छलफल विना निर्णय गरेकाले राजनीतिक दलको निर्णय टिक्न नसकेको हो । छलफलबाट गएको भए द्वन्द्व सिर्जना हुने अवस्था आउने थिएन ।’’
वन गाउँका बडघर जीतबहादुर चौधरी भने ६ वडा बनाउने सहमतिलाई स्वागतयोग्य भन्दै सवैले समान रुपमा सेवा सुविधा पाउने बताउँछन् । ‘‘हामीले माग ग¥यौँ, राजनीतिक दलले सच्याएका छन्’’, चौधरीले भने, ‘‘सबैले समान अवसर पाउने वातावरण बन्छ । ६ वडा कार्यान्वयन हुनुपर्छ ।’’
राजनीतिक दलबीच सहमती भए पनि शुक्रबार सबै दलमा आवद्ध युवाले नगरपालिकामा तालाबन्दी गरेकाले शनिबार बस्ने नगरसभामा यो निर्णय पारित हुन्छ या हुन्न केही भन्न सक्ने अवस्था छैन । वडा नं। १ का वडाध्यक्ष गंगा राम आचार्य नगरसभाको दुइ तिहाइले पारित गर्नुपर्ने भएकाले जे अवस्था आउँछ त्यही हुन्छ भने ।
यसअघि ९ वडा मात्र रहेको टीकापुर नगरपालिका राजनीतिक दलले १५ वडा बनाउने सहमती दिएका छन् । राजनीतिक दलले वडा नं। १ लाई ६ र २ लाई २ वडामा विभाजन गर्ने सहमती दिएका छन् । वडा विभाजनमा सहमती हुन नसक्दा असार १० गते बसेको बैठक १६ गते बसे पनि सहमती हुन नसक्दा शनिबार १९ गतेका लागि बोलाइएको छ ।
News Desk 0 response आइतवार, असार २०, २०७८

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



