

-
काठमाडौं । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको बिहीबार नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय शुभारम्भ गरिएको हो । बैंकका अध्यक्ष शङ्करनाथ उप्रेतीले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यका साथ बैंक स्थापना गरिएको जानकारी दिए । उनका अनुसार दुई अर्ब लगानीमा बैंक स्थापना गरिएको हो ।
बैंकमा हालसम्म ५९० प्रमोटर शेयर सदस्य छन् । उक्त सङ्ख्यालाई बढाएर एक हजार जना बनाउने तयारी भइरहेको छ । आवश्यक मापदण्ड पूरा गरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले जानकारी दिए । “हामीले कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएको हो । बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्छौँ । किसानसँग सहकार्य गर्दै उत्पादन बढाउँछौँ”, उनले भने ।
बैंकले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम शुरु गर्ने तयारी गरेको छ । जसका लागि तराईका विभिन्न जिल्लामा ६०० बिघा जग्गा भाडामा समेत लिइसकेको छ । जसमा कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लामा जग्गा लिएर उत्पादन शुरु गरिसकेको छ भने झापा, मोरङ, सुनसरीलगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ । खाद्य बैंक स्थापना गर्नुको मुख्य उद्देश्य कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र प्राङ्गारिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने रहेको जनाइएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२