

-
दमौली । चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो ।
गत वर्षदेखि निर्माण शुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । रोटरी क्लबले गण्डकी प्रदेशका १४ देखि १८ वर्षसम्मका युवालाई आज मिनी ग्रेटवालको भ्रमण गराएको छ । क्लबको आयोजनामा तीन दिनदेखि बन्दीपुरमा युवा नेतृत्व विकास तालीम सञ्चालन भइरहेको छ । तालीममा भाग लिन आएका युवालाई बन्दीपुरको पर्यटनका बारेमा जानकारी गराउन सो ठाउँको भ्रमण गराइएको रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष एवं पर्यटनविज्ञ हरिसिं गुरुङले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा मिनी ग्रेटवाल पर्यटकको रोजाइमा पर्ने गरेको बताए । बन्दीपुर घुम्न आएका सबैजसोले यस ठाउँका बारेमा चासो लिने गरेका छन् । “बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्यबमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौँ, मिनी ग्रेटवाल निर्माणका लागि सरकारले पनि बजेट सहयोग गरेको छ”, उनले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज हुने उनले बताए । उनका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । गत वर्ष रु ७० लाख खर्च भएकामा चालु आर्थिक वर्षमा रु ३० लाखको काम भइरहेको छ । “पर्यटन मन्त्रालयको बजेटबाट शुरुआती विन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रुप दिने तयारी गरेका छौँ”, उनले भने ।
कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत अनुमान गरिएको अध्यक्ष थापाले बताए । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना छ ।
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिने छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । यस पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान छ । रासस
News Desk 0 response सोमवार, चैत्र १६, २०७७

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



