

-
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् ।
सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।
सोही अवधिमा अरु २२ हजार ९५६ जना भने सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा बृद्धि हुँदै गएको छ ।
भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख ९९ हजार १३० पुगेको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भारतमा एक लाख ५९ हजार ७५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ती मध्ये १९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा पन्जाबमा मात्रै एक हजार ५२९ जना सङ्क्रमित भएका छन् ।
भारतमा अहिलेसम्म चार करोड ४६ लाख ३ हजार ८४१ खोप लगाइएको छ । शनिबारसम्म देशभरी २३ करोड ३५ लाख ६५ हजार ११९ जनाको कोरोना परीक्षण गरिएको छ । एजेन्सी
News Desk 0 response आइतवार, चैत्र ८, २०७७


सम्बन्धित शीर्षकहरु

सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो, गएको १ वर्षमा मात्रै ९१ अर्ब ५९ करोड थपियो
बुधबार, जेष्ठ १, २०८२-
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२
-
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२