

-
काठमाडौं । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ ।
कोषले चालु आवको छ महिनाको अवधिमा एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद मौज्दात एक खर्ब ६४ अर्ब ८८ करोड रहेको छ । सो अवधिमा कोषले मुद्दती निक्षेपमा एक खर्ब एक अर्ब ६६ करोड, नेपाल सरकारको ऋणपत्रमा एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयर/धितोत्रपमा १२ अर्ब ८३ करोड, सहभागी सापटी तथा आवास कर्जामा २७ अर्ब ९३ करोड र समयकालीन कर्जामा १९ अर्ब ७२ करोड लगानी गरेको छ ।
कोषको अधिकृत पूँजी ८ अर्ब, जारी पूँजी ८ अर्ब र चुक्त पूँजी ३ अर्ब रहेको छ । कोषमा सरकारको १०, नेपाल राष्ट्र बैंकको १३.३४, नेपाल स्टक एक्सचेन्जको १०, राष्ट्रिय बीमा संस्थानको ३१.५५, बैंक तथा वित्तीय संस्थाको १५.११ र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
मुलुकको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउन तथा पूँजीबजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापना भएको कोषले अवकास कोष सञ्चालन तथा व्यवस्थापन गर्ने, सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्य गरिरहेको छ ।
कोषले कर्मचारी बचत वृद्धि अवकास कोष योजना, आवास कर्जा, लगानीकर्ता हिसाब योजना, उपदान योजना, नागरिक एकाङ्क योजना, राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।
कोष स्थापनाको ३१ औँ स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले बचत सङ्कलनका लागि सञ्चालनमा ल्याइएका कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना तथा नागरिक एकाङ्क योजनाबाट सङ्कलित रकमलाई उच्च प्रतिफल प्राप्त हुने गरी जोखिम विश्लेषणका आधारमा लगानी गर्दै आएको बताए ।
बचत सङ्कलनको दायरालाई फराकिलो बनाउन नागरिक पेन्सन योजना शुरु गरिएको जानकारी दिँदै उनले यसबाट बचतकर्ताले सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट जीवनको उत्तरार्धमा सहायता पाउने अपेक्षासमेत गरेको बताएए । कार्यक्रममा सर्वोत्कृष्ट कर्मचारी र २० वर्षभन्दा बढी अविछिन्न सेवा गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



