

-
काठमाडौं । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालू आवको सात महिनामा कूल रु पाँच खर्ब ६७ अर्ब ७० करोड बराबरको विप्रेषण भित्रिएको छ ।
बैंकका अनुसार विप्रेषण आप्रवाहमा १०.९ प्रतिशतले वृद्धि भएको पाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई रु चार अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु ६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो । यस्तै, खुद सेवा आय रु ३२ अर्ब तीन करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु तीन अर्ब आठ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९१.९ प्रतिशतले कमी आई रु तीन अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ४८ अर्ब एक करोड रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ५६.७ प्रतिशतले कमी आई रु १८ अर्ब ८५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रु १५ अर्ब ५८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब ४९ करोड रहेकोमा शिक्षातर्फको व्यय रु २० अर्ब ९७ करोड रहेको थियो ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७


सम्बन्धित शीर्षकहरु
-
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२
-
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२ -
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न..
मङ्लबार, बैशाख ३०, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२