• काठमाडौं । सरकारले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध परेको रिटमाटि सुनुवाई गर्दै सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल राख्न सहज गरिदिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गत फागुन १२ गतेको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सुनको जलहरी राख्न सहज भएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा गत फागुन १२ गते नै पूजाआरधना गरी १०८ किलोको सुनको जलहरी अनावरण गरेकी थिइन् ।