

-
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति नै नलिइकन भुक्तानी सेवा प्रदायकका रुपमा कारोवार नगर्न नगराउन निर्देशन दिएको छ । त्यस्ता सेवा प्रदायकलाई कानूनी दायरामा ल्याउनेसमेत केन्द्रीय बैंकले जनाएको छ ।
केही सेवा प्रदायकले अनुमति नै नलिइकन कारोवार गरेको पाइएपछि राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी अवैध काम नगर्न तथा नगराउन आग्रह गरेको हो । केन्द्रीय बैंकको सूचनामा भनिएको छ, “यस बैंकबाट अनुमतिपत्र नलिइ भुक्तानीसम्बन्धी कार्य गर्नु गराउनु गैरकानूनी र दण्डनीय हुने भएकाले अनुमतिप्राप्त संस्थामार्फत मात्र विद्युतीय भुक्तानीसम्बन्धी कार्य गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”
अनुमति नै नलिइ अनलाइन पेमेन्ट प्लेटफर्म सञ्चालन गर्ने तथा टप अप सेवा, अनलाइन पेमेन्टलगायतका भुक्तानीसम्बन्धी कारोवार गरिरहेको भन्ने सूचनाका आधारमा उक्त सूचना जारी गरिएको भुक्तानी प्रणाली विभागले जनाएको छ । केन्द्रीय बैंकले हालसम्म १० कम्पनीलाई भुक्तानी प्रणाली सञ्चालन र २३ कम्पनीलाई भुक्तानी सेवा प्रदायकको अनमुति दिएको छ ।
News Desk 0 response सोमवार, चैत्र २, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२