• काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

    फागुन २८ गते अर्थात् शुक्रबार तोलामा ८६ हजार २०० मा कारोवार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।