

-
काठमाडौं । काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो ।
समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीबार दिने तयारी कामपाको छ । समायोजन ऐनअनुसार यसरी समायोजन गर्दा जुन–जुन पदमा कार्यरत कर्मचारी हो सोही पदबाट एक पदमाथिको स्तरमा समायोजन गरिएको हो । समायोजनमा परेका कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समायोजन ऐनमार्फत कर्मचारीे पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने उल्लेख गर्दै चुस्त, दुरुस्त र इमान्दार सेवा अहिलेको आवश्यकता रहेको बताए ।
यसरी कर्मचारी समायोजन गर्दा कामपालाई मासिक ३० लाख ५० हजार आर्थिक दायित्व थपिने छ ।
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७

सम्बन्धित शीर्षकहरु
-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
खाडी क्षेत्रको तेल उत्पादन बन्द हुने कतारको..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२



