-
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज पुनः पानी भर्न थालेर परीक्षण शुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो । खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङलगायतले आज सो कार्यको शुभारम्भ गरेका थिए । आयोजनास्थल अम्बाथान सुरुङमा नै औपचारिक कार्यक्रम गरेर काम अगाडि बढाइएको हो ।
गत असार २१ गतेदेखि पानी परीक्षण शुरु गरेको आयोजनाले ३० गते १७ नं गेट फुटेर परीक्षण स्थगित गरिएको थियो । सो घटनामा दुईजनालाई खोलाले बगाएको समेत थियो । दुईमध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको शव अझै फेला परेको छैन । मन्त्री थापाले पानी काठमाडौं लगेर वितरण गर्न सक्यो भने ठूलो उपलब्धि हासिल हुने बताए । उनले आयोजनाका बारेमा आफूलाई खासै ज्ञान नभएको भन्दै सचिव र इन्जिनीयरसँग समन्वय गरिरहेको बताए । पूर्वमन्त्री तामाङले पानी पथान्तरण गरिसकेपछि जिल्लावासीले पाउने लेभीको टुङ्गो छिट्टै लाग्ने विश्वास व्यक्त गरे । उनले पानी लगिसकेपछि काठमाडौँले सिन्धुपाल्चोकको विकास निमार्णको काममा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडिबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । रासस
News Desk 0 response सोमवार, फाल्गुन १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपामाथि लगाइएको..
बिहिबार, फाल्गुन २०, २०७७ -
नैतिकताको पाठ सिकाउने अयोधीप्रसाद वहाल हुँदाको यस्तो..
बुधबार, फाल्गुन १९, २०७७ -
खेर गएको जमीनमा व्यावसायिक रुपमा घीउ फल
बुधबार, फाल्गुन १९, २०७७ -
दुर्घटनामा एक विद्यार्थीको मृत्यु
बुधबार, फाल्गुन १९, २०७७ -
स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’
बुधबार, फाल्गुन १९, २०७७
-
नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपामाथि लगाइएको..
बिहिबार, फाल्गुन २०, २०७७ -
नैतिकताको पाठ सिकाउने अयोधीप्रसाद वहाल हुँदाको यस्तो..
बुधबार, फाल्गुन १९, २०७७ -
दुर्घटनामा एक विद्यार्थीको मृत्यु
बुधबार, फाल्गुन १९, २०७७ -
कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने
बुधबार, फाल्गुन १९, २०७७ -
सभामुखसहित पूर्वप्रधानमन्त्रीले लगाए पहिलो चरणको कोरोना खोप
बुधबार, फाल्गुन १९, २०७७
-
‘ न्यायिक समितिमा निवेदन लेख्ने,छलफल गर्ने र..
बिहिबार, फाल्गुन १३, २०७७ -
धुलिखेलका मेयर एसियाली मेयर छाता संगठनको अध्यक्ष
बिहिबार, फाल्गुन १३, २०७७ -
३१ सहसचिवको सरुवा
बिहिबार, फाल्गुन १३, २०७७ -
भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहट्ने प्रमुख आयुक्तको..
शनिबार, फाल्गुन १५, २०७७ -
प्रतिनिधिसभा विघटन बदर,१३ दिनभित्र संसदको अधिवेशन आव्हान..
मङ्लबार, फाल्गुन ११, २०७७