

-
काठमाडौं । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरी सो निर्णय गरेको हो ।
कूल क्षमता ६७९ मेगावाट रहेको सो परियोजना प्रदेश नं १ को सङ्खुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ । विसं २०७५ चैतमा काठमाडौँमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले सो परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरेको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीले विद्युत्को उत्पादनसँगै खपतको समेत योजना बनाउनुपर्नेमा जोड दिँदै यसका लागि पूर्वाधार परियोजनालाई समयमै कार्यान्वयनका लागि समन्वयात्मक ढङ्गबाट कार्य गर्न नेपाल सरकारका सम्बद्ध निकायका पदाधिकारीलाई निर्देशन भएको बोर्डका प्रवक्ता धर्र्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
बैठकले लगानी बोर्डमा विशेषज्ञका रुपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवं आमन्त्रित सदस्यको रुपमा बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरेबमोजिम लगानी बोर्डको रणनीतिक योजना, परियोजना बैंक, बेवमा आधारित एकलबिन्दु सेवा र अन्य प्रगतिबारे प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
News Desk 0 response शनिबार, माघ १७, २०७७

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



