-
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसका कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताएका थिए ।
बजेट, मौद्रिक नीतिलगायतमा उल्लेखित कार्यक्रमको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिई अघि बढ्न र कठिनाइ परे सहजीकरण र सहयोग गर्न सरकार तयार रहेको बताए । कोरोनाको खोप आइसकेपछि स्थिति सहज हुने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत् डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने बताए ।
पर्यटन तथा होटल व्यवसायीले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढीमा दुई वर्षको हुने उल्लेख भएकामा तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम चार वर्ष उल्लेख भएकामा पाँच वर्षको व्यवस्था गर्न, विद्युत् डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भइसकेको धितोको आधारमा नै शतप्रतिशतसम्म हुने गरी ऋण प्रवाहको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
News Desk 0 response मङ्लबार, माघ ६, २०७७
सम्बन्धित शीर्षकहरु
सडक बत्तीको बक्यौता तिर्न स्थानीय तहलाई विद्युत प्राधिकरणको ताकेता
शुक्रबार, चैत्र १६, २०८०गुल्मीमा हजुरबा नातिसँगै एसईईमा सहभागी
शुक्रबार, चैत्र १६, २०८०सफल हुन नसक्ने सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
शुक्रबार, चैत्र १६, २०८०आज पनि देशका धेरै ठाउँमा पानी पर्ने संभावना
शुक्रबार, चैत्र १६, २०८०-
सडक बत्तीको बक्यौता तिर्न स्थानीय तहलाई विद्युत..
शुक्रबार, चैत्र १६, २०८० -
गुल्मीमा हजुरबा नातिसँगै एसईईमा सहभागी
शुक्रबार, चैत्र १६, २०८० -
सफल हुन नसक्ने सयौँ आयोजना खारेज गर्ने..
शुक्रबार, चैत्र १६, २०८० -
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने..
शुक्रबार, चैत्र १६, २०८० -
बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी सहभागी
बिहिबार, चैत्र १५, २०८०
-
सडक बत्तीको बक्यौता तिर्न स्थानीय तहलाई विद्युत..
शुक्रबार, चैत्र १६, २०८० -
गुल्मीमा हजुरबा नातिसँगै एसईईमा सहभागी
शुक्रबार, चैत्र १६, २०८० -
सफल हुन नसक्ने सयौँ आयोजना खारेज गर्ने..
शुक्रबार, चैत्र १६, २०८० -
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने..
शुक्रबार, चैत्र १६, २०८० -
बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी सहभागी
बिहिबार, चैत्र १५, २०८०
-
युवा व्यवसायी गुभाजू उद्योग वाणिज्य संघमा सदस्यको..
बुधबार, चैत्र ७, २०८० -
आन्तरिक राजश्व विभागका महानिर्देशकसहित अन्य सहसचिवको सरुवा
मङ्लबार, चैत्र १३, २०८० -
अख्तियारले डामेका रुद्रसिंहको ठाउँमा निरौला सरुवा अन्य..
मङ्लबार, चैत्र ६, २०८० -
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बुद्धराज बिजयी
सोमवार, चैत्र १२, २०८० -
सहकारी प्रकरणको मुद्दामा आफ्नो नाम कतै नभएको..
बुधबार, चैत्र १४, २०८०