-
जेनेभा । राष्ट्रसंघका यातना सम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने भनी बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन् ।
बेलायती अदालतले अमेरिका सुपुर्दगी गरिए असान्जमाथि यातना सहित कठोर कारावासमा पठाइने भन्दै असान्जको कमजोर मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखी अमेरिका सुपुर्दगी गर्न अस्वीकार गरेको थियो ।
मेल्जरले मंगलबार सार्वजनिक गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “संयुक्तराज्य अमेरिकामा असान्जमाथि ठूलो यातना वा अन्य किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा यातना दिइने निश्चित थियो ।”
अमेरिकाले आफ्ना सुरक्षासँग सम्बन्धी महत्वपूर्ण दस्तावेज चोरी गरेको आरोप लगाउँदै असान्जलाई अमेरिका सुपुर्दगी गर्न बेलायत समक्ष अनुरोध गरेको छ । हाल असाजलाई बेलायतको बल्मार्स कारागारमा राखिएको छ ।
मेल्जरले यति असान्जलाई अमेरिका पठाइएको भए उनीमाथि १७५ वर्षको जेल सजाय हुने थियो भनेका छन् ।
तर मेल्जरले असान्जको मुद्दालाई खोज पत्रकारिता गर्न चाहनेहरुको प्रेस स्वतन्त्रता सुरक्षाका सन्दर्भमा पनि व्याख्या गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “यस फैसलाले प्रेस स्वतन्त्रता, जवाफदेहीता र कानुनी शासनलाई गम्भीर रुपमा बेवास्ता गर्ने गरी एक किसिमको विध्वंसात्मक नजिर कायम गरेको छ ।” एजेन्सी
News Desk 0 response बुधबार, पुस २२, २०७७

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३