• काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।

    प्रभावस्वरुप नेपाली बजारमा समेत सुनको भाउमा ह्रास आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक हजारले घटेको छ । महासङ्घका अनुसार आज सुन प्रतितोला ९१ हजार ५०० मा कारोवार भएको छ । मङ्गलबार प्रतितोला ९२ हजार ५०० मा कारोवार भएको सुन आज एक हजारले घटेको हो ।

    यस्तै चाँदीको मूल्य प्रतितोला २५ ले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार १८० मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार १७५ मा कारोवार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला एक लाख दुई हजारसम्म पुगेको थियो ।