

-
काठमाडौं । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २ सय ५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ ।
विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो । प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतका तर्फबाट शनिबार मात्रै स्वीकृति आएको छ । सो स्वीकृतिपछि सुक्खायाममा विद्युत् व्यवस्थापनका लागि प्राधिकरणलाई सहज भएको छ । कामयमुकायम कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको आग्रहअनुसार नै स्वीकृति भएर आएको छ । उनका अनुसार कूल २ सय ५० मेगावाटमध्ये ८० देखि १५० मेगावाट विद्युत् भने २४सै घण्टा लिनुपर्नेछ । बाँकी भने आवश्यक पर्दा मात्रै लिए हुने खालको रहेको रहेको उनले जानकारी दिए ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालतर्फ निर्यात गरिने विद्युत्को माग र परिमाणको स्वीकृति दिएको हो । प्राधिरकणले त्यहाँको नोडल एजेन्सी एनभिभिएनमार्फत विद्युत् आयात गरिरहेको छ । ढल्केबरबाट आउने विद्युत् एनभिएिनमार्फत आएको विद्युत् हो । प्राधिकरणले विहार, उत्तरप्रदेशबाट पनि विद्युत् आयात गर्छ ।
विशेषगरी सुक्खायाममा बिजुलीको माग पनि बढी हुने र उत्पादन पनि कम हुने भएकाले व्यवस्थापनका लागि आन्तरिक तथा बाह्य स्रोतलाई समेत प्रभावकारी परिचालन गर्नु जरुरी हुन्छ । पछिल्ला चार वर्षमा प्राधिकरणले माग र आपूर्तिको बीचमा सन्तुलन मिलाएर विद्युत् प्रवाह गर्दै आएको छ ।
सोही कारण प्राधिकरणको आर्थिक स्वास्थ्यमा समेत सुधार आएको छ । विद्युत्भार कटौतीको अन्त्य, चोरी नियन्त्रण जस्ता कारणले प्राधिकरण नाफामा समेत गएको छ । केही दिन पहिले मात्रै ढल्केबर सवस्टेशनसमेत ४०० केभीमा सञ्चालनमा आएको छ । सवस्टेशनको क्षमता वृद्धिसँगै अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको ढल्केबर–मुजफफ्फरपुर प्रसारण लाइनसमेत ४०० केभीमा नै सञ्चालन हुनेछ ।
नेपालको तर्फबाट प्रसारण लाइनको क्षमता वृद्धिका लागि कुनै समस्या नभए पनि भारतको तर्फबाट स्वीकृति दिनुपर्ने र सुरक्षात्मक उपायसमेत अवलम्बन गर्नुपर्ने कायममुकायम कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।
हिउँदका लागि सहज विद्युत् व्यवस्थापनका लागि भारतसँग पहल गरेको प्राधिकरणले आन्तरिकरुपमा समेत सवस्टेशनको मर्मत तथा सम्भारलाई समेत ध्यान दिएको छ । ढल्केबर– खिम्ती १३२ केभी प्रसारण लाइनमा समेत मर्मत गरी विद्युत् आयातलाई सहज बनाइएको छ । भरतबाट हेटौँडा हुँदै आउने र खिम्ती भएर आउने विद्युत् प्रवाहमा समेत एकरुपता कायम गरिएको छ । यसबाट स्वीचीङमा हुने समस्या समाधान हुने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गुणस्तरीय र सहज विद्युत् आपूर्तिका लागि प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुन् ।
News Desk 0 response आइतवार, मंसिर ७, २०७७

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



