

-
काठमाडौं । कोभिड–१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार, छठलगायत पर्वले आन्तरिक उडानमा यात्रुको सङ्ख्या सन्तोषजनक रहेको छ । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भए पनि अहिलेसम्म उडान सङ्ख्या बढ्न सकेको छैन ।
अन्तर्राष्ट्रिय उडान हुने कतिपय गन्तव्यमा सम्बन्धित मुलुकले उडान प्रतिबन्धका साथै नेपाल आउने भारतलगायत केही गन्तव्यको उडान स्थगित रहेकाले पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अहिले आन्तरिकतर्फ ७० देखि ८० प्रतिशत र अन्तर्राष्ट्रिय उडानमा २० प्रतिशत मात्र उडान भइरहेको बताए । उनले आन्तरिक उडान उत्साहजनक नै रहेपनि अन्तर्राष्ट्रिय उडान भने बढ्न नसकेको उल्लेख गरे ।
बुद्ध एयरले दशैयता आफ्नो उडानमा करिब ९० प्रतिशत अकुपेन्सी रहेको र यो सङ्ख्या क्रमशः बढ्दै जाने विश्वास लिएको छ । कम्पनीले अहिले दैनिक तीन हजार ५०० यात्रु उडाउँदै आएको छ । यता यती एयरलाइन्सको पनि उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत रहेको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडानमा चाड पर्वले गर्दा पनि अहिले उत्साहबद्र्धक रहेको छ ।
हवाई उडानको भाडादर पनि सस्तो भएकाले धेरै मानिसले जहाज चढिरहेका छन् । महामारीकाबीच लामो यात्रामा सङ्क्रिमत हुने खतरा रहेकाले यात्रुको पहिलो रोजाइ जहाज हुने गरेको छ । तुलनात्मक रुपमा जोखिम कम हुने भएकाले पनि हवाई उडानको आकर्षण बढेको हो । आन्तरिक उडानका यात्रु विभिन्न गन्तव्यमा जान थालेपछि यात्रुको सङ्ख्या बढेको छ ।
अहिले पर्यटनको महत्वपूर्ण समय पनि भएकाले पारिवारिक, समूहगत तथा व्यक्तिगत रुपमा पनि धेरै सङ्ख्यामा आन्तरिक पर्यटक विभिन्न गन्तव्य पुग्ने गरेकाले हवाई कम्पनीलाई राहत मिलेको छ । यतिबेला पदयात्रा, पर्वतारोहणका साथै विभिन्न क्षेत्रमा घुमफिरका लागि धेरै सङ्ख्यामा पर्यटक निस्केका छन् । पछिल्लो समय नेपालमा कोभिड महामारीको सङ्क्रमण दर उच्च रहेको छ । वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित उडान सञ्चालन गरिरहेका छन् ।
नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसाथ गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गरिएको कम्पनीले जनाएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान गर्छन् ।
News Desk 0 response सोमवार, कार्तिक २४, २०७७

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



