

-
ब्रसेल्स । कोभिड–१९ महामारीको दोस्रो लहरबीच पूर्ण बन्दाबन्दीबाट बच्न युरोपियन युनियन (ईयू) ले परीक्षण र खोजीका लागि नयाँ रणनीति अघि सार्ने ईयूले जनाएको छ । ईयूको अनौपचारिक शिखर सम्मेलनले शुक्रबार उक्त कुरा जनाएको हो ।
कोभिड–१९ को संक्रमण दर ईयूमा द्रुत वृद्धि भएको र दोस्रो लहरबाट इर्यू गहिरोसँग प्रभावित भएको बताइएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले भनिन्, “नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दैछ । अस्पताल भर्नाको सङ्ख्या बढ्दो छ । मृत्युको सङ्ख्या बढ्दो छ । यदि हामीले तुरुन्तै कदम चालेनौं भने हाम्रो स्वास्थ्य सेवा प्रणालीहरू विचलित हुनेछ ।”
ईयूका २७ सदस्य देशका नेताहरूले बिहीबार ढिलो गरी सहमति व्यक्त गर्दै भने, “परीक्षण र ट्रेसिङ्ग भाइरसको फैलावटलाई सिमित गर्न महत्वपूर्ण छ । यसले अवस्थालाई अझ राम्रोसँग नियन्त्रण गर्न मद्दत पु¥याउँछ तर आपसी मान्यता, तैनादी र द्रुत परीक्षणको प्रयोगको साझा दृष्टिकोण अझै बाँकी छ ।”
यूरोपियन आयोगले द्रुत ‘एन्टिजेन’ परीक्षणलाई व्यापक रूपमा प्रयोग हुने ‘पोलिमरेज चेन’ प्रतिक्रिया परीक्षणको पूरकको रूपमा मान्य गर्न प्रस्ताव गरेको छ ।
ईयू सदस्य राष्ट्रमध्ये एक स्लोभाकियाले १० वर्षदेखि ६५ वर्ष उमेर समूहका सबैको निःशुल्क एन्टिजेन परीक्षणको लागि एक करोड ३० लाख द्रुत एन्टिजेन टेस्टको लागि व्यवस्था गरेको छ ।
युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिशेलका अनुसार स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिकले विशाल परीक्षणको नतिजा र तथ्याङ्क अन्य सदस्य राष्ट्रहरूसँग बाँड्न सहमत भएका छन् ।
“वास्तवमा धेरै देशहरूमा द्रुत परीक्षणको लागि चासो बढेको छ,” मिशेलले भने । एजेन्सी
News Desk 0 response शुक्रबार, कार्तिक १४, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



