

-
मस्को । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेको बताइएको छ ।
महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या हल भइसकेको छैन, बरु कतिपय देशहरुमा अझै बढ्दै गएको छ भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने बताएका हुन् । शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।
गेब्रेयसले भने– कतिपय नर्दन हेम्सफियरका देशहरुमा यो समस्या अझै बढ्दै गएको छ, ती देशका नागरिकले अहिले पनि निकै समस्या भोगेका छन् र कैयौँको ज्यान पनि गएको छ । विश्वका कतिपय देशका बढ्दो मात्रामा देखिएको महामारी हेर्दा पनि आगामी दिनहरु थप समस्यग्रस्त हुनसक्ने भन्दै अहिले हामी महामारीको निकै समस्याको अवस्थामा छौँ भनेका छन् ।
हालैमात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा समस्याहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।
विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न महासचिव गुटर्रेसले आग्रह गरेका थिए ।
महासचिव गुटर्रेसले विश्वमा अहिले पनि बढ्दो रुपमा नै देखिएको कोरोना महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउनसक्ने भएकोले त्यस विषयमा सोच्न आग्रह गरेको केही समयपछि यता विश्व स्वास्थ्य संगठनका महानिर्देशकको यो चेतावनी आएको बताइएको छ । एजेन्सी
News Desk 0 response शनिबार, कार्तिक ८, २०७७

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



