

-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाद अमेरिकी सेनालाई क्रिसमस पहिले नै स्वदेश फर्काइने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सबै सेनालाई आगामी क्रिसमस पहिले नै फिर्ता गर्ने जानकारी बिहीबार गराएका हुन् ।
उनले भने, “अफगानिस्तानमा कार्यरत अमेरिकी बहादुर सेनाहरू अब सानो सङ्ख्यामा त्यहाँ रहेको र तिनीहरूलाई पनि आगामी क्रिसमस पहिले फिर्ता गरिनुपर्छ ।” एक दिन पहिले राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेनले अफगानिस्तानमा करिब पाँच हजार अमेरिकी सेना मात्र रहेको र सन् २०२१ को सुरुसम्ममा यो सङ्ख्यालाई दुई हजार पाँच सयमा झार्ने योजना सरकारको रहेको बताएका थिए ।
तालिवान लडाकू र उनीहरूका परिवारका सदस्य र अफगानी सुरक्षा फौज, अमेरिकी सेना र अफगानी सर्वसाधारणसहित गरी अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेपछि अहिलेसम्म एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको राष्ट्रसंघको तथ्याङ्क रहेको छ ।
अमेरिकी सेनालाई फिर्ता गर्ने बिषयमा तालिवान, अमेरिकी सरकार र अफगानी सरकारबीच सहमति बनिसकेको छ । ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता गर्ने बिषयलाई अमेरिकी राष्ट्रपतिय निर्वाचनमा लोकप्रिय मत प्राप्त गर्ने एउटा गतिलो एजेन्डाका रूपमा लिएको देखिन्छ । सिन्ह्वा
News Desk 0 response बिहिबार, अशोज २२, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



