

-
वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उनी सैनिक अस्पतालमा भर्ना भएका थिए । उनी अस्पतालबाट निवास फर्किएपनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् ।
आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ बर्षीय ट्रम्पले बताएका छन् । उनले चाडै नै आफु सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी दिए । अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ भने ट्रम्प पनि प्रतिश्पर्धामा छन् ।
ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक भने नभइसकेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको र निवासमा रहँदा पनि उनलाई २४ नै घन्टा उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ ।
ह्वाइट हाउस पुगेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मिथ्या समाचारले मिथ्या चुनावी सर्वेक्षण मात्र देखाइरहेका छन् ।”
उनले कारोनाबाट डराउनु पर्ने आवश्यकता नरहेकोमा फेरी पनि जोड दिएका छन् । उनले यसअघि पनि कोरोनालाई सामान्य रुपमा लिन आह्वान गर्दै आएका थिए ।
उनलाई शुक्रबार राति वाल्टर रिड नेशनल सैनिक अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ ।
त्यसैगरी ह्वाइट हाउसका अन्य कम्तीमा १२ जना कर्मचारी तथा सहयोगीहरुलाई पनि सङ्क्रमण देखिएको जनाइएको छ । विश्वमै सवैभन्दा धेरै मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित रहेको मुलुक अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ ।
अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ६४४ भन्दा बढी मासिन कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । एजेन्सी
News Desk 0 response मङ्लबार, अशोज २०, २०७७

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



