

-
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी शुरु भएको छ । पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो । डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो । यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीचबीचमा निर्माण व्यवसायी भागेर नयाँ ठेक्का लगाउनुपर्दा समय लम्बिन गएकाले नयाँ प्रविधिबाट काम गर्ने तयारीमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति लागेको हो ।
दोस्रो चरणको याङ्री र लार्केको पानी राजधानी ल्याउन पनि डिबीएम प्रविधिबाट नै काम गर्ने गरी लागत अनुमान गरिएको थियो । यो प्रविधिबाट करिब ११ किमी सुरुङ बनाउँदा रु १० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो । डिबीएम प्रविधिबाट काम ढिला हुने देखिएकाले नयाँ प्रविधि उपयोग गर्ने गरी आयोजना समीक्षामा लागेको हो ।
प्रवेशमार्ग सम्पन्न गरेर सुरुङ बनाउँदा वर्षौँ समय लाग्ने भएकाले ४.८ मिटर चौडाइको सुरुङ बनाउन लागिएको हो । तीन मिटर सडक र १.८ मिटर पानी बगाउन उपयोग गर्ने गरी सुरुङमार्ग बनाउने तयारी आयोजनाले गरेको छ । चिनियाँ निर्माण कम्पनीले भेरी बबई आयोजनामा पनि टिबीएम प्रविधिबाट सुरुङ निर्माण गरेको थियो । अमेरिकी प्र्रविधिमा चीनमा निर्माण भएको टिबीएम प्रविधिको सफल परीक्षण नेपालमा पहिलोपटक भेरी बबई आयोजनामा गरिएको छ । यसले परम्परागत सुरुङ निर्माणलाई विस्थापन गरेको छ । परम्परागत तरिकाले सुरुङ निर्माण गर्दा विष्फोट गरिन्छ ।
छ महिना अघिदेखि सोही चिनियाँ कम्पनीले याङ्री र लार्केको पानी ल्याउन यो प्रविधिबाट काम गर्ने विषयमा अध्ययन गरेको थियो । डिबीएम प्रविधिबाट २६।५ किमी सुरुङ बनाउन करिब १० वर्ष लागेको छ । विसं २०६६ साउनमा सुरुङको अन्तिम विन्दु सुन्दरीजलबाट शुरु भएको काम करिब छ महिनाअघि मात्र सम्पन्न भएको हो । चिनियाँ र इटालेली दुई निर्माण कम्पनी सुरुङको काम बीचमै छोडेर भागेका कारण पनि ढिलाइ भएको हो । सुरुङ सम्पन्न भएर पानी परीक्षण गर्दा मुहानस्थलमै ढोका भत्किएर विवाद भएको थियो ।
प्रत्येक खोलाबाट दैनिक १७ करोड लिटरका दरले ५१ करोड लिटर पानी राजधानी ल्याउने लक्ष्य छ । मेलम्ची खोलाको पानी ल्याउन २६।५ किमी सुरुङ निर्माण सम्पन्न गरी हाल पानी परीक्षण भइरहेको छ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न गरी परीक्षणसमेत गरिएको छ ।
News Desk 0 response सोमवार, अशोज ५, २०७७

सम्बन्धित शीर्षकहरु
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



