

-
बर्लिन । रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ ।
जर्मनीको च्यारिटी अस्पतालका चिकित्सकहरुका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम स्वासयन्त्र हटाइएको र उनी अस्पतालको शैयाबाट उठेर सामान्य हिँडडुल गर्न थालेका छन् ।
फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन “नोभिचोक” खानामा मिसाएर खुवाइएको पनि जर्मनीले घोषणा गरेको छ ।
गत अगष्ट २० मा ४४ वर्षीय नाभाल्नीलाई उपचारका लागि रुसबाट जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पताल ल्याइएको थियो । जर्मनीले नोभिचोक रसायन खुवाइएका बारेमा अनुसन्धान गर्न रसियासमक्ष अनुरोध गरेको छ । रसियाले भने पश्चिमा मुलुकले रसिया विरुद्ध षडयन्त्र गर्न खोजेको आरोप लगाएको छ ।
च्यारिटी अस्पतालले भनेको छ, “नाभाल्नीलाई स्वास फेर्नका लागि राखिएको मेकानिकल भेन्टिलेटर हटाइएको छ । छोटो अवधिका लागि उनी अस्पतालको शैयाबाट यताउता हिँडडुल गर्न सक्ने भएका छन् ।”
रसियाका विदेश मन्त्री सर्गेई लाभरोभले मस्को विरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गर्ने कुत्सित उद्देश्यबाट नाभाल्नीको मुद्दालाई पश्चिमा मुलुकहरुले अघि सारेको आरोप लगाएका छन् । उनले ओम्स्कबाट मस्को फर्कनेक्रममा बिमानमै अचेत भएका नाभाल्नीलाई बचाउन बिमानका पाइलटले ठूलो भूमिका निर्वाह गरेको पनि बताए ।
उनले चिकित्सकहरुले तत्काल उपयुक्त सेवा दिन नसकेको भए नाभाल्नीको जीवन जोखिममा पर्ने थियो भनेका छन् ।
उनले भने, “पाइलट, एम्बुलेन्सका सदस्य र चिकित्सकहरुको तत्काल प्रतिक्रिया निकै सराहनीय छ । रुसी अनुसन्धानकर्ताहरुले पनि घटनामा भरपर्दो र विश्वासिलो नतिजा ल्याउने छन् ।” एपी
News Desk 0 response मङ्लबार, भदौ ३०, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



