

-
सिंगापुर । सिंगापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहात प्याकेजको घोषणा गरेको छ । सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महिनाबाट नै सुरु गरेको सो प्याकेजबारेमा मंगलबार जानकारी दिइएको समाचारमा जनाइएको छ ।
साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार सिंगापुरमा ह्रास भएको अर्थतन्त्रको सुधारका लागि भन्दै यहाँको सरकारले घोषणा गरेको यो आर्थिक प्याकेजको कार्यक्रम आगामी मार्च महिनासम्मका लागि भएको बताएको छ । सिंगापुरका उपप्रधानमन्त्री तथा अर्थमन्त्री हङ स्वी कायतले यो आर्थिक प्याकेजले यहाँका कम्पनीहरुलाई आफ्ना आर्थिक क्रियाकलापकहरु गर्न तथा रोजगारमा असर परेका नागरिकलाई पुनः काममा बोलाउन पनि सहयोग पुग्न सक्ने अपेक्षा गरिएको बताए ।
साउथ चाइना मर्निङ पोष्टले दिएको जानकारी अनुसार यहाँको पछिल्लो समयको बेरोजगार दरमा पनि बृद्धि भएको देखिएको छ ।
यहाँ पछिल्लो महिना २.९ प्रतिशतमा बेरोजगार दर पुगेको छ । यो दर यसै वर्षको जनवरी देखि मार्चसम्मको भन्दा धेरै हो । त्यस अवधिमा यहाँको बेरोजगार दर २.४ प्रतिशत मात्र थियो ।उपप्रधानमन्त्री कायतले सिंगापुर सरकारले यो राहातको कार्यक्रम मार्च महिनादेखि शुरु भएर आगामी वर्षको मार्च सम्मका लागि गरेको हो ।
यस अवधिमा यहाँ आर्थिक क्रियाकलापकरुलाई चलायमान बनाउन र उद्योग तथा कारखानाहरुमा गुमेका रोजगारीहरु पनि पुनस्र्थापना गर्न देशका उद्योग सञ्चालकहरुले पनि यो कोषको उपयोग गर्न सक्नेछन् ।यो रकम यहाँको हवाई उड्डयनका साथै पर्यटन क्षेत्र र मजदुरहरुको ज्याला आदिका लागि पनि उपलब्ध गराइने उनले बताए । विश्वको अर्थतन्त्रमा कोरोना भाइरसको महामारीले असर गरेसँगै यसको प्रभाव सिंगापुरमा पनि परेको छ । यहाँको अर्थतन्त्रलाई ध्वस्त हुन नदिन सरकारले यो प्रस्ताव गरेको बताइएको छ । एएनआई
News Desk 0 response मङ्लबार, भदौ २, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



