

-
काबुल । अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ । राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन् । यसअघि पनि उनले ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै यस्तो आदेश दिएका थिए ।
अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ । तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाएको हो ।
संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने छ । यस बमोजिम पछिल्लो पटक गरिएको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई रिहाई गरिसकेको छ । तर पनि बाँकी ४०० जना भने निकै खतरनाक ठानिएका अथवा यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरुलाई भने मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको बताइएको छ । तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको र आफ्नो माग बमोजिम पाँच हजार जना नै मुक्त गरिनुपर्ने बताएको छ ।
राष्ट्रपति घानीले गम्भीर प्रकृतिको अपराधमा संलग्न भएका ४०० तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताएका थिए । तर पनि उनले पछिल्लो समयमा भने उनीहरुको पनि रिहाइको लागि निर्देशन दिएको बुझिएको छ ।
अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताउँदै आएका थिए । गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख भएको थियो ।
त्यसैले ताबिलानहरुले ती सबै जनालाई रिहा नगर्दा सम्म आफूहरु वार्तामा नबस्ने बताएका छन् । उनीहरुलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाई छ । रासस/एएनआई
News Desk 0 response शुक्रबार, साउन ३०, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



