

-
अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले विगतको राजनीतिक प्रतिस्पर्धालाई विश्राम दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको चरित्र र कार्यसम्पादनमाथि तिखो टिप्पणी गरेका छन् ।
विगतमा बाइडेन र ह्यारिसबीच अमेरिकी समाजका मुद्दाहरुलाई लिएर तिब्र मतभेद र विमती हुँदै आएको थियो । तर बाइडेनले उपराष्ट्रपति पदका लागि ह्यारिसलाई मनोनयन गरेसँगै दुबैबीच ऐतिहासिक पहिलो उपस्थिति भएको हो ।
बुधवार डेमोक्र्याटिक पार्टीका तर्फबाट टिकट सुनिश्चित भएका दुई उम्मेदवारको संयुक्त कार्यक्रममा कोरोनाभाइरसका कारण तडकभडक हुन पाएन । अमेरिकी समाजमा राष्ट्रपति पदका उम्मेदवारलाई ठूलो जनसमूहले स्वागत र अभिवादन गर्ने प्रचलन रहे पनि कोरोनाभाइरसका कारण अति सानो संख्याका मानिसलाई मात्र उक्त कार्यक्रममा उपस्थित हुन दिइएको थियो ।
उपराष्ट्रपतिको उम्मेदवारी घोषणा कार्यक्रम एउटा माध्यमिक विद्यालयको खाली जिममा आयोजना गरिएको थियो । कार्यक्रममा चुनावी अभियानका सहयोगी र उम्मेदवारका परिवारको संख्याभन्दा संवाददाताहरुको संख्या बढी थियो ।
कार्यक्रममा बाइडेन र ह्यारिसले एक शताब्दीमा सबैभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य संकटको सामना गर्न अमेरिका असमर्थ भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नु भएको थियो । ह्यारिसले ट्रम्प प्रशासनमाथि कडा शब्दमा निन्दा गरेका थिए ।
ह्यारिसले भनिन्, “यो भाइरसले विश्वका सबैजसो मुलुकलाई असर पारेको छ । तर अरु विकसित मुलुकभन्दा अमेरिकालाई भाइरसले बढी आक्रान्त बनाएको छ र त्यसको कारण छ । यसको मूल कारण भनेकै भाइरस फैलिन थाल्नुअघि नै ट्रम्पको विफलताले अहिलेको विषम अवस्था सिर्जना भएको हो ।”
उनले भनिन्, “हामीले उपयुक्त व्यक्ति नछान्दाको यो परिणाम हो ।”
अमेरिकाको कुनै पनि प्रमुख दलबाट उपराष्ट्रपति पदमा टिकट प्राप्त गर्ने उनी पहिलो अश्वेत महिला हुन् । ह्यारिस र बाइडेन दुबैले ह्यारिसको छनौटप्रति खुशी व्यक्त गरेका छन् ।
राष्ट्रपति ट्रम्पले बिडेन–ह्यारिसको उम्मेदवारीमाथि विगतझैं कडा टिप्पणी गरेका छन् । उनले डेमोक्र्याट्सलाई अति उदारवादी तर त्यति प्रगतिशील नरहेको आरोप लगाए । उनले गत वर्षको प्राथमिक चुनावी अभियानमा दुबैबीच व्यापक असहमति रहेको पनि उल्लेख गरेका छन् ।
“ह्यारिसले बाइडेनमाथि निकै आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन्,” ट्रम्पले बुधबार भने ।
तर विल्मिङटनको समारोहमा बाइडेन र ह्यारिसले एक अर्काप्रति स्पष्ट स्नेह देखाएका छन् । दुबैले विगतमा सँगै काम गर्दाका अनुभव सुनाएका थिए ।
ह्यारिसले जाति र नागरिक अधिकारका मुद्दाहरूमा बाइडेनका योजनामा पूर्ण समर्थन र प्रतिरक्षा गर्ने संकेत गरेकी छन् ।
बाइडेन–ह्यारिसको संयुक्त कार्यक्रम भएलगत्तै २४ घण्टाको अवधिमा चुनावी अभियानका लागि ठूलै धनराशि प्राप्त भएको भन्दै यसबाट दुबै उम्मेदवारमाथि ठूलो समर्थन रहेको देखाएको छ । बाइडेनले करिब एक लाख ५० हजार मानिसले पहिलोपटक चुनावी अभियानका लागि चन्दा दिएको बताएका छन् । २४ घण्टाको अवधिमा करिब २ करोड ६० लाख डलर संकलन भएको थियो । एपी
News Desk 0 response बिहिबार, साउन २९, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



