

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको कोभिड–१९ अपडेटमा काठमाडौं उपत्यकाबाट १३८ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न प्रयोगशालामा १० हजार ४८१ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा उपत्यकामा मात्रै १३८ जना थपिएको बताए । तीमध्ये काठमाडौंका १०७, ललितपुरका २३ र भक्तपुरका ८ जना छन् । यस तथ्यांक अनुसार उपत्यकामा कोरोना संक्रमण दर तीव्ररुपमा फैलिएको प्रष्ट हुन्छ ।
मन्त्रालयका अनुसार बुधबारमात्र उपत्यकाका सहित मुलुकभरबाट ४८४ जना कोरोना संक्रमित थपिएका छन् । यीसँग नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म १६ हजार ७ सय २८ जना निको भएका छन् । आजमात्र ६४ जना कोरोना मुक्त भएका छन् । त्यस्तै बाँकी ७ हजार ६ सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
अहिलेसम्म कोरोना संक्रमणका कारण ९१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । त्यसैगरी हालसम्म देशभरिका क्वारन्टीनमा १४ हजार ८४८ व्यक्ति भएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, साउन २८, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



