

-
काबुल । अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र हिंसा गरिरहेका तालिबानी लडाकूहरुको समूह अफगानिस्तानको सरकारसँग वार्ता गर्नका लागि तयार रहेको बताइएको छ ।
उनीहरुका बन्दीहरुलाई अफगानिस्तानको सरकारले मुक्त गरिदिएमा तालिबानीहरु यसैहप्तामा नै सरकारसँग वार्तामा बस्न तयार भएको प्रवक्ता सुहिल साहिनाले बताएका छन् ।
उनलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले भनेको छ कि सरकारले रिहा गर्नै भनेका तालिबानीहरुका बन्दीहरुलाई सरकारले रिहा गरिदिएमा उनीहरु वार्तामा बस्न तयार छन् र उनीहरु यसै हप्ता पनि वार्तामा बस्न तयार रहेका हुन् ।
अफगानिस्तानको सरकारसँग अब हुने पहिलो चरणको वार्तामा उनीहरुको तर्फबाट यसअघि भएको वार्ताका प्रमुख सहयोगकर्ता अबास स्टानिकजाले नेतृत्व गर्ने जानकारी पनि तालिबानीहरुले दिएका छन् । अब्बास तालिबानीका तर्फबाट यसअघि अमेरिकासँग भएको वार्ताका सहयोगकर्ता पनि हुन् ।
यसअघि हालैमात्र अफगानिस्तानको लोया जिर्गाले अफगानिस्तानको सरकारी जेलमा रहेका ४०० जना तालिबानलाई रिहा गर्ने सम्बन्धी सरकारको प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो ।
सरकारको यस निर्णयसँगै अफगानिस्तानमा तालिबानहरुको समूहले सरकारसँग वार्ता गर्ने सहमति जनाएको हो । यसअघि केही महिना अघि अफगानिस्तान सरकार र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो ।
केही महिनाअघि कतारको राजधानी दोहामा भएको अमेरिका, अफगानिस्तान र तालिबानबीच त्रिपक्षीय वार्ता भएको थियो ।
त्यस वार्तामा भएको सहमति बमोजिम अफगान सरकारले आफ्ना बन्दी रिहा गरेकोले तालिबानीहरु सरकारसँग वार्तामा बस्न तयार भएको समाचारमा जनाइएको छ । एएनआई
News Desk 0 response सोमवार, साउन २६, २०७७


सम्बन्धित शीर्षकहरु
-
अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको..
शुक्रबार, माघ २५, २०८१ -
अन्तर्राष्ट्रिय फौजदारी अदालतले गर्यो अमेरिकी प्रतिबन्धको निन्दा
शुक्रबार, माघ २५, २०८१ -
‘एक्सन रुम’बाट प्रधानमन्त्रीको मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद
शुक्रबार, माघ २५, २०८१ -
हिउँदमा ४६ देशका पर्यटकले मनाङ घुमे
शुक्रबार, माघ २५, २०८१ -
विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब..
शुक्रबार, माघ २५, २०८१
-
अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको..
शुक्रबार, माघ २५, २०८१ -
अन्तर्राष्ट्रिय फौजदारी अदालतले गर्यो अमेरिकी प्रतिबन्धको निन्दा
शुक्रबार, माघ २५, २०८१ -
‘एक्सन रुम’बाट प्रधानमन्त्रीको मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद
शुक्रबार, माघ २५, २०८१ -
हिउँदमा ४६ देशका पर्यटकले मनाङ घुमे
शुक्रबार, माघ २५, २०८१ -
विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब..
शुक्रबार, माघ २५, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१