

-
काबुल । अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र हिंसा गरिरहेका तालिबानी लडाकूहरुको समूह अफगानिस्तानको सरकारसँग वार्ता गर्नका लागि तयार रहेको बताइएको छ ।
उनीहरुका बन्दीहरुलाई अफगानिस्तानको सरकारले मुक्त गरिदिएमा तालिबानीहरु यसैहप्तामा नै सरकारसँग वार्तामा बस्न तयार भएको प्रवक्ता सुहिल साहिनाले बताएका छन् ।
उनलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले भनेको छ कि सरकारले रिहा गर्नै भनेका तालिबानीहरुका बन्दीहरुलाई सरकारले रिहा गरिदिएमा उनीहरु वार्तामा बस्न तयार छन् र उनीहरु यसै हप्ता पनि वार्तामा बस्न तयार रहेका हुन् ।
अफगानिस्तानको सरकारसँग अब हुने पहिलो चरणको वार्तामा उनीहरुको तर्फबाट यसअघि भएको वार्ताका प्रमुख सहयोगकर्ता अबास स्टानिकजाले नेतृत्व गर्ने जानकारी पनि तालिबानीहरुले दिएका छन् । अब्बास तालिबानीका तर्फबाट यसअघि अमेरिकासँग भएको वार्ताका सहयोगकर्ता पनि हुन् ।
यसअघि हालैमात्र अफगानिस्तानको लोया जिर्गाले अफगानिस्तानको सरकारी जेलमा रहेका ४०० जना तालिबानलाई रिहा गर्ने सम्बन्धी सरकारको प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो ।
सरकारको यस निर्णयसँगै अफगानिस्तानमा तालिबानहरुको समूहले सरकारसँग वार्ता गर्ने सहमति जनाएको हो । यसअघि केही महिना अघि अफगानिस्तान सरकार र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो ।
केही महिनाअघि कतारको राजधानी दोहामा भएको अमेरिका, अफगानिस्तान र तालिबानबीच त्रिपक्षीय वार्ता भएको थियो ।
त्यस वार्तामा भएको सहमति बमोजिम अफगान सरकारले आफ्ना बन्दी रिहा गरेकोले तालिबानीहरु सरकारसँग वार्तामा बस्न तयार भएको समाचारमा जनाइएको छ । एएनआई
News Desk 0 response सोमवार, साउन २६, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



