• काठमाडौं । कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ ।

    बिहीबार प्रतितोला एक लाख दुई हजार ५०० मा कारोबार भएको सुनको आज एक हजार १०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख तीन हजार निर्धारण भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज चाँदीको मूल्य रु ६० ले बढेको छ । एक तोला चाँदीको मूल्य आज एक हजार ४०५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न लकडाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१.५१ र सोही परिमाणको चाँदीको मूल्य २८.४९ अमेरिकी डलर कायम भएको छ ।