

-
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम सो संख्या बारे पुष्टि गरेका हुन् । मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङमा उनले थपिएका नयाँसहित हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको बताएका छन् । सो अवधिमा मुलुकभरका विभिन्न प्रयोगशाला ६ हजार ६२२ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले बताएका थिए ।
त्यसैगरी सोही अवधिमा विभिन्न कोरोना उपचार अस्पतालबाट थप २३३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ पुगेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरि विभिन्न स्थानमा क्वारन्टीनमा बस्नेको संख्या ९ हजार ४७० पुगेको छ । हालसम्म ४ लाख १९ हजार बढीको पिसिआर परीक्षण भएको छ ।
News Desk 0 response बिहिबार, साउन २२, २०७७


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२