• काठमाडौं । कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ ।

    बुधबार प्रतितोला एक लाख एक हजार ४०० मा कारोवार भएको सुन आज एक हजार १०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख दुई हजार २०० निर्धारण गरिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य ५० ले बढेको छ । एक तोला चाँदीको मूल्य आज एक हजार ३४५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न लकडाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।