

-
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नयाँ थपिनेमा काठमाडौंका ५७ र ललितपुरका ५ जना भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन् । मंगलबार पनि उपत्यकामा ६२ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रवक्ता गौतमका अनुसार मुलुकभरबाट आज ३८१ जना कोरोना संक्रमित थपिएका छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । त्यस्तै अहिलेसम्म कुल संक्रमितमध्ये १५ हजार १५६ निको भएर घर फर्किएका छन् । बुधबारमात्र १३० जना डिस्चार्ज भएका छन् । उनका अनुसार अहिले क्वारेन्टाइनमा ९ हजार ९२५ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३ सय ५९ वटा नमूनाको पिसिआर परीक्षण भएको थियो । हालसम्म ४ लाख १२ हजार बढीको पिसिआर परीक्षण भएको छ ।
हालसम्म कोरोनाबाट ६० जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बुधबार, साउन २१, २०७७


सम्बन्धित शीर्षकहरु
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१