• काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । मङ्गलबार प्रतितोला ९९ हजार ८०० मा कारोवार भएको सुनमा आज एक हजार ६०० ले वृद्धि भएको हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुनको मूल्यमा यसरी असर परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाले बताएको छ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य ६५ ले बढेको छ । एकतोला चाँदीको मूल्य आज १ हजार २ सय ९५ निर्धारण भएको छ ।