

-
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा काठमाडौं उपत्यकामा नयाँ संक्रमित थपिएको बताएका हुन् । तीमध्ये काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् । यो एकैदिनमै संक्रमित हुने संख्या उपत्यकामा अहिलेसम्मकै धेरै हो ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले मंगलबार देशभरबाट २५९ जना संक्रमित थपिएको जानकारी दिएका थिए । यीसहित कूल संक्रमितको संख्या २१ हजार ०९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ । मृतक मोरङको विरानगर–५ का ७७ वर्षीय वृद्ध रहेका छन् । उनको सोमबार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका रोगी भएको बताइएको छ । यीसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको प्रवक्ता डा. गौतमले बताए ।
अहिले देशभर सक्रिय संक्रमण भएका व्यक्तिको संख्या ५ हजार ९ सय २५ पुगेको प्रवक्ता मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६५ जना डिस्चार्ज भएको र अहिलेसम्म कुल डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ । त्यस्तै अहिले क्वारेन्टाइनमा १० हजारभन्दा बढी रहेका छन् ।
News Desk 0 response मङ्लबार, साउन २०, २०७७


सम्बन्धित शीर्षकहरु

विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई प्रधानमन्त्रीको टेलिफोन
बिहिबार, चैत्र ६, २०८१-
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
जापान आठौंपल्ट विश्वकपमा छनोट
शुक्रबार, चैत्र ७, २०८१ -
अमेरिकामा सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१
-
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१