

-
काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो अवधिमा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट ७ हजार ६८७ वटा नमूनाको परीक्षण भएको जानकारी दिएका छन् ।
अहिले देशभर सक्रिय संक्रमण भएका व्यक्तिको संख्या ५ हजार ९ सय २५ पुगेको प्रवक्ता डा. गौतमले बताए । उनले पछिल्लो २४ घण्टामा थप ६५ जना डिस्चार्ज भएको र अहिलेसम्म कुल डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको सो अवसरमा जानकारी दिएका थिए । त्यस्तै अहिले क्वारेन्टाइनमा १० हजारभन्दा बढी रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ । मृतक मोरङको विरानगर–५ का ७७ वर्षीय वृद्ध रहेका छन् । उनको सोमबार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका रोगी भएको बताइएको छ । यीसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
त्यसैगरी नेपालका पाँच सयभन्दा बढी संक्रमित हुने जिल्ला रौतहट, पर्सा र कैलाली रहेका छन् । हाल कोरोना संक्रमण शून्य हुने जिल्लामा भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response मङ्लबार, साउन २०, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


