

-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् ।
राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने प्रक्रियामा रहेका छन् ।
ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षाको विषय उठाउँदै टिकटक एप्स अमेरिकी कम्पनी मार्फत अमेरिकामा डाउनलोड गर्न र हेर्न पाइने व्यवस्था गर्न लागेको हो ।
राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीमार्फत मात्र अमेरिकामा प्रवेश गर्न दिइने बताउँदै यस्तो कदम अमेरिकाको सुरक्षाका निम्ति चाल्नु परेको स्पष्ट पारे ।
ट्रम्पले टिकटक खरिद गर्न माइक्रोसफ्टले वार्ता गरिरहेको बताए । टिकटकका अहिले विश्वभर एक अर्ब प्रयोगकर्ता रहेका छन् । खासगरी युवाबीच निकै लोकप्रिय टिकटकबाट ६० सेकेन्डका भिडियोहरु बनाएर पोस्ट गर्न सकिन्छ ।
तर अमेरिकी अधिकारीहरुले लाखौं अमेरिकीका निजी गोपनीय विवरणहरुलाई चिनियाँ गुप्तचर निकायहरुले चीन लैजाने खतरा रहेको दाबी गर्दै आइरहेका छन् ।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई आगामी सेप्टेम्बर मध्यसम्ममा सम्झौता गरिसक्न अमेरिकी प्रशासनले म्याद दिएको छ ।
राष्ट्रपति ट्रम्पले भने, “मैले सेप्टेम्बर १५ सम्मको म्याद दिएको छु, त्यस समयभित्र कुनै सम्झौता नभए टिकटक संयुक्तराज्य अमेरिकामा बन्द हुन्छ ।” रासस/एएफपी
News Desk 0 response मङ्लबार, साउन २०, २०७७


सम्बन्धित शीर्षकहरु

रुसको पक्षबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि अग्रमोर्चामा आएका युक्रेनको दाबी
शनिबार, माघ २६, २०८१-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१