• काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन् । तीमध्ये काठमाडौंमा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५ जना रहेका छन् ।

    आइतबारमात्र उपत्यकामा ३१ जना संक्रमित भेटिएका थिए । जसमा काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जना रहेका थिए ।

    सोमबार देशभरबाट ४१८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार यीसहित नेपालमा कूल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमण भएका व्यक्तिको संख्या ५ हजार ७३२ रहेको छ । अहिले देशभरिका क्वारन्टीनमा १० हजारभन्दा बढी व्यक्ति रहेका छन् ।

    त्यसैगरी अहिले रौतहट, महोत्तरी र कैलाली जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । संक्रमित नभएका जिल्लामा भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङ रहेका छन् ।

    हालसम्म ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।